छलफल र छलछाम

कामरेड

बार्ता फिर्ता गर्यौं हामी

भेटघाट बन्द गर्यौं

र छलफल खारेज गर्यौं

त्यसैले

यति बेला हाम्रो साथमा

बार्ता, भेटघाट र छलफल छैन ।

कामरेड

थाहा छ तिमी

आफै चढेको डुङ्गामा प्वाल पारेर

आफै बसेको घरमा आगो सल्काएर

र आफै

हिडेको बाटोमा खाल्टो खनेर

भागेका थियौं ।

कामरेड

तै पनि तिमी

फेरी सुध्रिन्छौं कि भनेर

फेरी गल्ति सुधार्छौं कि भनेर

र फेरी

पुरानै घरमा फर्किन्छौं भनेर

तिमी संग

बार्ता बनाउदै थियौं हामी

भेटघाट भेटाउदै थियौं

र छलफल छान्दै थियौं ।

कामरेड

तर तिमी

डुङ्गामा प्वाल पार्ने आफ्ना लक्ष्यहरु

घरमा आगो सल्काउने आफ्ना उद्देश्यहरु

र बाटोमा

खाल्टो खन्ने आफ्ना दाउहरु छोडेनौ

त्यसैले

तिमी संग

बार्ता फिर्ता गर्यौं हामी

भेटघाट बन्द गर्यौं

र छलफल खारेज गर्यौं

यति बेला हाम्रो साथमा

बार्ता, भेटघाट र छलफल छैन

किनकि

हामी छलफल तिर भयौं

तिमी छलछाम तिर भयौं ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार