सुमित्रा नेवार र विष्णुमायाँ पाण्डेलाई स्वदेश विदाई

तारापुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति महिला विभागकि सचिव सुमित्रा नेवार र सोही विभाग कि सदस्य विष्णु माया पाण्डेलाई स्वदेश विदाई गरिएको छ ।

उक्त बिदाई कार्यक्रमको अध्यक्षता मूल प्रवाह नेपाली एकता समाज तारापुर नगर समितिका अध्यक्ष खडक राईले र सञ्चालन ज्ञान प्रसाद भट्टराइले गर्नुभएको थियो । विदाइ कार्यक्रमको प्रमुख आतित्थ्यता केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो । त्यस्तै मूल प्रवाह केन्द्रीय सदस्य टंक कुँवर, रक्तिम विभागका केन्द्रीय सदस्य बोम सिंजापती, मध्यपश्चिम भारत क्षेत्रीय संयोजक रेणुका कुँवर, तारापुर महिला विभागकी अध्यक्ष सुनिता पुन र सदस्य शान्ति थापाले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि मूल प्रवाह तारापुर नगर समितिका उपाध्यक्ष लोकमणी पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।

बिधाई समारोहमा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले फुलमाला र खादा ओडाएर सम्मान दुबै जनालाई सममान गर्नुभएको थियो । मूल प्रवाह तारापुर नगर समितिबाट सम्मानित गर्नुभएको थियो । त्यसपछि रक्तिम गितबाट स्वागत दिंदै प्रमुख अथिति केन्द्रीय समिति अध्यक्ष दुर्गा बहादुर केसीले शोसित पिडित नेपालीहरुको न्यायको लागि निरन्तर रुपमा खटिनु भएकोमा र ईमान्दारी पुर्वक निष्ठापुर्ण आफ्नो जिम्मेवारी बहन गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार