तिमी छट्टु हौ

कृत्रिम स्याउ बजारमा आएका छन्
तिमी आफैँ हेर, छाम
के त्यो साच्चिकै अर्गानिक हो
वा प्लाष्टिक ?
यदि प्लाष्ट्रिक हो भने
तिमी निडरका साथ भनि देऊ
तिमी छट्टु हौ
मलाई झुक्काउँदै छौ ।

चाए त्यो चमत्कार नहोस्
तर पोषणयुक्त छ जुन
मैले खाँदै आएको छु
म त्यही खान्छु ।

मलाई चाहिँदैन असारमा रोपि
श्रावणमा पाक्ने चामल
त्यो विषादीयुक्त छ
म छिट्टै अस्वस्थ्य बन्ने छु ।

मलाई बरु ढिलै होओस्
म प्रकृतिको नियम संगत
फलेको चामल नै कुर्छु
बरु समय पर्खिदिउलाँ ।

विषादी प्रयोग गरेको
फल चमत्कार देखिएला
धेरैको आँखा त्यतै पर्ला
नाटक जस्तो
मञ्चबाट गायव भै हाल्छ ।

त्यसैले म नियम संगत चल्छु
बोइलर कुखुराले वेग हान्न सक्दैन
आफैँमा गुटुमुटू हुन्छ उसमा कृतिम मिसाएको छ…
घर पालेको कुखुराको वेग हान्छ
उ नियम संगत हुर्केको छ ।

मलाई वेग टाढा टाढा हान्न मन पर्छ
एक छिन दौडेर बिचमै खस्ने भन्दा
मलाई लामो समय सम्मको तेज मन पर्छ।
सुगन्ध आई एकै छिनमा मेटिने भन्दा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार