जयपुरमा प्रकाशन भेला सम्पन्न

जयपुर, १५ दिसम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा प्रकाशन भेला सम्पन्न भएको छ ।

टंक बहादुर थापाको सञ्चालन, ओम थापाको अध्यक्षता पश्चात मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, नारायण शर्मा, रक्तिम केन्द्रीय विभागका रिम राना, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजाली, महिला क्षेत्रीय विभागकी सदस्य दीपा थापाले अतिथि आसन ग्रहण गर्नु भएको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण तथा मंगल सिंह खड़काले स्वागत मन्तव्य दिनुभएको थियो ।

पत्रिकाको महत्व बारे बोल्दै एउटा पत्रिकाले दर्जनौं कार्यकर्ता बराबरको काम गर्ने भएको हुँदा पत्रिकाको ग्राहक संख्या बढी भन्दा बढी वृद्धि गर्नु पर्नेमा अतिथिहरुले जोड़ दिनु भएको थियो । जति धेरै संख्यामा हामीले ग्राहक बनाउन सक्छौं, त्यति धेरै मात्रामा हाम्रो विचार जनता माझ जाने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा महिला विभाग जयपुर उत्तरबाट भगवती मल्ल, दक्षिणबाट माया थापा, हसनपुरा एरिया समितिबाट दिल बहादुर कुमाल, जौहरी बाजार एरिया समितिबाट रंग बहादुर खड़का, गोरबहादुर थापा, लालकोठी टोल समितिबाट भीम श्रेष्ठले मन्तव्य दिनुभएको थियो । सो भेलाले दुबै नगरमा बढी भन्दा ग्राहक वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार