गजल

English English Nepali Nepali

आजको समाजमा पुरूषले भनेनुसार हुनेगर्छ,
असमानताका जुनसुकै काम ब्यबहार हुनेगर्छ ।

यो पुरूष प्रधान अनि पुँजिवादी ब्यबस्थाभित्र,
श्रमजीवी बर्गका लागि योजना बेकार हुनेगर्छ ।

आमाले छोरी बुहारी जे भुमिका निर्वाह गरे पनि,
उनैलाई उपयोग पुंजि जुटाउँने आधार हुनेगर्छ ।

कयौं छोरी कन्यमै बृद्धा भएको देखिन थाल्यो,
भनौं त यो समाजलाई छोरी किन भार हुनेगर्छ ।

हुनैपर्नेहो छोरा र छोरी बराबर यो संसारभरि नै,
तर जुनठाउँमा पनि पुरूषमात्रै हकदार हुनेगर्छ ।

छोरा सरह सम्पत्तिमा नहुँदा अधिकार छोरिलाई,
यहि समाजमा सधै उपहास र ब्यबिचार हुनेगर्छ ।

आमा अब विज्ञानले नयाँनयाँ खोज गरेकै बेला,
तर हाम्रै समाज रूढिवादले सधै बिमार हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार