रोहकको सापलामा मूल प्रवाहको टोला समिति निर्माण

रोहतक, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत साँप्लामा टोल समिति गठन गरिएको छ ।

नगर समितिका सुभाष गौतम, गणेश शर्मा, साबित्रा दमसे, चोपलाल गौतम, धर्म सुनार र उषा विकको बिशेष उपस्थितिमा सो समिति निर्माण गरिएको हो ।

धर्म सुनार र सुभाष गौतमको पहलमा आबस्यक छलफल पछि धर्म सुनारले संगठनको आवश्यकता र महत्व बारे प्रकाश पार्नुभएको थियो ।

भेलाले गराउनु भएपछि ९ सदस्यीय टोल समिति गठन गरिएको हो जसमा : अध्यक्ष– ऋषिराम ज्ञावली, सचिव– हिरा विक, कोषाध्यक्ष– दिपक विश्वकर्मा, सदस्यमाः गोपाल थापा, प्रिया गहतराज, पुरण रायमाझी, सम्झना राई, पुजा रायमाझी र गिता थापारहनुभएको छ ।

उपस्थित साथीहरुलाई सुभाष गौतम र उषा विकले आठौँ अखिल भारत सम्मेलनको प्रचार प्रसार साथै मूल प्रवाहको सदस्यता बितरण गर्नुभएको थियो । नव निर्मित समितिलाई गणेश शर्माले सम्पूर्ण नगर समितिको तर्फबाट शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार