पृय म अर्कैको देशमा छु

जनकराज शर्मा (रेशम), पाण्डेचेरी

पृय म अर्कैको देशमा छु।

मेरो मन मस्तिष्क त्यहि छ 
जहाँ म हुर्के बढे र साक्षर बने 
नेपाली आमाका विर सन्तानहरुको 
गौरवशाली कथा र गाँथाले 
रंगिएको मेरो देशको पहिचान 
पुर्खाहरुले सुम्पेको जिम्मेदारी 
भुलेको छैन मैले ।

बाध्यता ।

विवशता र बाध्यताले
म विदेशीने क्रममा 
दुश्मनको सेवक बन्न पुगेछु 
जसले मेरो देशलाई 
मात्र पीडा दिएको छ 
कहिले सिमा मिच्दछ 
कहिले नाका बन्दी 
मेरो आमालाई 
बलत्कार गर्ने दुस्साहस 
गर्दछ ।

पश्चताप

मलाई थाहाँ छ 
म दुष्ट्रको रक्षक बनेको छु 
दुश्मनको चैन निद्राको लागी
मेरो जीवन फालेको छु 
मेरो रहर होईन यो 
नियती महशुष गरेको छु 
तर दुश्मनका कुकर्महरु 
उसैको पटाहाँ बाट नियालेको छु ।

अठोट ।

अब मलाई मेरो चिन्ता छैन
देशको पिडा मनमा गड्दै छ
मैले खाएर के भो 
राम्रो लगाएर के भो
देश नै दुश्मनले लुट्दैछ 
भोकै मोर्नु स्विकार्य बरु 
नेपाली मलाई गर्व छ 
जोगाउनु छ विरहरुको सान 
नत्र सन्ततीले 
धिक्कार्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार