त्रिभेन्द्रममा एरिया भेला सम्पन्न

त्रिभेन्द्रम, ८ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरूवनन्तपुरम नगर समिति अन्तर्गत नेट्टयम काचानी विचमा कार्यरत नेपाली युवाहरू बीच कमल पोख्रेल, ईश्वर बिक, तेजिन्द्र खड्का, धन बहादुर खड्का, दान बहादुर बिकको पहल र नगर समितिका अध्यक्ष चिरन्जिवी शर्माको उपस्थितिमा भेला सम्पन्न भएको छ ।

भेलाले दान बहादुर विकको अध्यक्षतामा १३ सदस्यीय एरिया समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– प्रेम बिक, सचिव– मदन सुनार, सहसचिव– अमित बिक, कोषाध्यक्ष– धनबहादुर खड्का, सदस्यहरूमा क्रमशः तेजिन्द्र खड्का, रोशन सुनार, बिष्णु बिक, प्रेम सुनार, कमल पोख्रेल र ईश्वर बिक रहनु भएको छ ।

नयाँ समितिलाई नगर समितिका अध्यक्ष चिरन्जिवी शर्माले बधाई दिनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार