रोहतक, ३० जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत कमल कालोनीमा सामान्य भेला गरी टोल समिति गठन गरिएको छ । नगर समितिका सदस्य टाम बहादुर परियारको पहल तथा कावा अध्यक्ष सुभाष गौतम र सदसय धर्म सुनारको बिशेष उपस्थितिमा १३ सदस्यीय टोल समिति निर्माण भएको छ ।
जसमा : अध्यक्ष– लक्ष्मी मल्ल ठकुरी, सचिव– माया विक, कोषाध्यक्ष– कृष्ण विक, सदस्यहरू क्रमशः पुर्ण बहादुर रोका, कमला परियार, गिता विक, अस्मिता थापा, बिशाल विक, किरण विक, टिकाराम विक, जमुना विक, गंगा विक र एक स्थान रिक्त रहेको छ ।
भेलामा सहभागिहरुलाई समाज संगठनको महत्व र भुमिका बारे धर्म सुनारले स्पष्ट पार्नुभएको थियो भने सुभाष गौतमले आठौँ अखिल भारत सम्मेलनको प्रचार प्रसार सहित मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको थियो । भेलाको अध्यक्षता टाम बहादुर परियारले गर्नुभएको थियो । नवनिर्मित समितिलाई नगर समितिको तर्फबाट सुभाष गौतमले शुभकामना दिनुभएको थियो ।