पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाईएको छ

नयाँ दिल्ली । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाईएको छ । उनी माथि आपतकाल लगाएको आरोप छ । सन २०१६ मार्चदेखि मुशर्रफ दुबईमा उपचारका लागि बस्दै आएका थिए र त्यसबेलादेखि उनलाई यस मुद्दामा भगुवा घोषित गरिएको थियो । मुशर्रफ दोस्रो राष्ट्रपति हुन् जसलाई पाकिस्तानमा मृत्युदण्ड सुनाइएको छ ।

मुशर्रफलाई इलाहाबादको विशेष अदालतले सजाय सुनाएको हो । मुशर्रफले नोभेम्बर २००९ मा पाकिस्तानमा आपतकाल लगाए । यस पछि नवाज शरीफको सरकारले २०१३ मा मुशर्रफको बिरूद्ध मुद्दा दायर गरेको थियो ।

मुशर्रफ २०१६ मार्चदेखि दुबईमा बस्दै आएका छन् । उनीमाथि संविधान भंग गर्ने र २००७ मा आपतकालिन नियम लागू गरेको आरोप लगाउँदै आइएको छ । ७६ वर्षीय मुशर्रफ उपचारका लागि दुबई गएका थिए तर सुरक्षा र स्वास्थ्य कारणहरूको रूपमा भने पछि फर्केका छैनन् ।

लाहोर उच्च अदालतले विशेष अदालतमा सुनुवाई राख्नुपर्ने माग सहित मुशर्रफका वकिलहरूले गत शनिबार एउटा निवेदन दिएका थिए । अदालतले मुशर्रफको याचिकामा संघीय सरकारलाई सूचना जारी गरेको थियो । अदालतले मुख्य याचिका सहित यस याचिकाको सुनुवाई गर्ने निर्णय गरेको हो ।
एजिन्सी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार