रोहतक, ४ फरवरी । रोहतक जिल्लाको साँपलामा घाइते भएका पुरन रायमाझी अस्पतालबाट डिस्चार्ज भएका छन् । २६ जनवरीको राती अज्ञात गाडीले ठक्कर दिँदा घाइते भएका रायमाझीको साँपलामा उपचार सम्भव नभएपछि उनलाई पिजीआई अस्पताल रोहतक रेफर गरेको थियो।
घटनाको बारेमा थाहा पाउना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकका कावा अध्यक्ष सुभाष गौतम लगायत साथीहरु तुरुन्तै रोहतक पिजीआई अस्पताल पुगेर आवश्यक सहयोग गर्नुभएको थियो ।
करिब एक हप्तासम्म उपचाररत रहेका पुरनको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट ३ फरवरीका दिन डिस्चार्ज भई वेडरेस्टमा रहेका छन् ।
दूर्घटना भएपछि उनकी श्रीमतीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन प्रचार प्रसारको क्रममा बढिएको अपिलमा उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्दा केन्द्रीय कार्यालयमा सुचना पुगेको र केन्द्रीय कार्यालयले रोहतक नगर समितिलाई तत्काल अस्पतालमा पुगि हरसम्भव सहयोग गर्न गरेको निर्देशनको आधारमा रायमाझीको समयमा उपचार हुन सम्भव भएको थियो ।