रोहतक, ४फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने ज्वार नगरमा टोल समिति गठन गरिएको छ ।
नगर सदस्य धर्म सुनारको पहलकदमी एवं नगर समितिका सुभाष गौतम र मिना गौतमको उपस्थितिमा ७ सदस्यीय टोल समिति निर्माण गरिएको हो ।
बिमल बिकको अध्यक्षतामा गठन गरिएको समितिमा सचिव- शान्ता बिक, कोषाध्यक्ष- अनिल बिक, सदस्यहरुमा क्रमशः अमृता बिक, इश्वर बिक, गंगा बिक र दिपसरा बिक रहनुभएको छ ।
सुभाष गौतमले समितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । साथै गौतमले अखिल भारत सम्मेलनको प्रचार प्रसार सहित मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको थियो ।