फरीदावादमा फूटपरस्टहरुको भ्रमलाई चिर्दै श्रमिक विहार टोल समिति पुनर्गठन

फरीदावाद, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको फरीदावाद नगर समितिद्धारा सञ्चालित हेवल-हेमला एरिया समिति अन्तर्गत श्रमिक विहार टोल समिति पुनर्गठन गरिएको छ ।

क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष बाबुराम विष्ट, नगर सचिव विष्णु विसी, नगर सदस्य रमेश चन्द क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भेलाले सो टोल समिति निर्माण गरिएको हो । भेलामा नगर अध्यक्ष बाबुराम विष्टले फरीदावादमा कतिपय व्यक्तिहरुले मेरो नाम लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोगो र रजिष्ट्रेशन नम्बरको दूरुपयोग गरि सिंगो एकता समाज र स्वयम् मेरो समेत बद्नाम गर्ने कोशिस गरेको बताउनु भयो । विष्टले यसप्रकारको गतिविधि गर्ने अराजक अनुशासन विहिन तत्वहरुबाट सतर्क रहन फरीदावादस्थित सम्पूणर् श्रमजिवी नेपालीहरुलाई अनुरोध गर्नुभएको थियो ।

नगर सदस्य रमेश चन्द क्षेत्रीले फूटपरस्त तत्वहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोगो र रजिष्ट्रेशन नम्बरको दूरुपयोग गरिरहेमा प्रशासनको सहयोग लिने र आवश्यक कानुनी कारवाहीको प्रकृयामा जाने समेत बताउनु भयो । साथै उपस्थित सम्पूणर् सहभागिहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको वर्तमानमा अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनाल हुनुहुन्छ । वहाँहरुद्धारा हस्ताक्षर भएको कागजातहरु नै संगठनको आधिकारिक हुने जानकारी गराउनु भयो ।

भेलाले प्रेम थापाको अध्यक्षतामा श्रमिक विहार टोल समिति पुनर्गठन गरेको छ । जसमाः सचिव- धरम खनाल, कोषाध्यक्ष- सुस्मिता थापा, त्यस्तै सदस्यहरुमा क्रमशः रेशम थापा, लेखराज केसी, बसन्ता खनाल, यमुना थापा, गिता थापा, सुशिला थापा, सुरेन्द्र थापा, पंकज थापा, सरस्वती थापा, दिपक थापा, सितल थापा, राहुल थापा, श्रृजना खनाल, सुजता खनाल, मायाँ देवी थापा, धन बहादुर, सोनु थापा, देवराज थापा, जगवीर थापा, लेख बहादुर र तुल्सीदेवी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार