चंडिगढ, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमिति द्धारा संचालित मोहाली एरिया समिति अन्तर्गत आज फेस नौकों इन्डस्ट्रीयल एरियामा आठौं अखिल भारत सम्मेलन प्रचारात्मक भेलाले विभिन्न विषयहरुमा व्यापक छलफल पश्चात टोल समिति गठन गरेको छ ।
महिला क्षेत्रीय सदस्य सिमा खडकाको विषेश पहलमा आयोजित उक्त भेलामा मूलप्रवाह का केन्द्रीय सदस्य दिनेश खड्काले आठौं अखिल भारत सम्मेलनको ऐतिहासिक महत्व र मूल प्रवाहको विधान, घोषणापत्र बारे संक्षिप्त क्लास दिनुभएको थियो ।
तत्पचात भेलाले सिता खड्काको अध्यक्षतामा ११ सदस्यीय जनशक्ति नामक टोल समिति गठन गरेको छ । जस्माः सचिव- शंकर सुजी, कोषाध्यक्ष- अरुण गतराज र सदस्यहरुमा हरि कुँवर, मायाँ सुजी, पुणर् बहादुर बिक, भानमति बुढा मगर, दुर्गा रिजाल, सावित्रा कुँवर, बबिता गतराज र डिला शर्मा रहनु भएको छ ।
नवनिर्वाचित समितिलाई मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा महिला सचिव जुना चालिसेले र क्षेत्रीय महिला सदस्य सिमा खड्काले वधाइ एंव शुभकामना दिनुभएको थियो भने एरिया सदस्य लक्ष्मी क्षेत्री र मोहन बुढाको पनि आथित्यता रहेको थियो ।