रोहतक । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ४ ‘घ’ गाउँका ४८ वर्षीय अर्जुन सुनार ९ वर्षदेखि भारतको पञ्जावबाट सम्पर्कविहीन भएका छन् ।
गुल्मी जिल्लाको अर्लाङकोटबाट कञ्चनपुर गएका नन्द बहादुर परियारको छोरा अर्जुन २०६९ साल असार १९ गते रोजगारीको सिलसिलामा भारतको पञ्जाब लुधियाना पुगेका थिए ।
त्यहाँबाट सम्पर्कविहीन भएका उनी अहिलेसम्म कसैको सम्पर्कमा नआएका परिवारका सदस्यले बताएका छन् । उनी पञ्जाबको जालन्धरमा पहिले पनि बसेको हुँदा पञ्जाब आसपास रहेको हुनसक्ने अनुमान गरिएको छ ।
उनको परिवारमा श्रीमती हुमकला नेपाली, छोरी अमृता, छोरा अमृत र आनन्द रहेका छन् ।
अर्जुनलाई कहिँ कतै कसैले भेटेमा श्रीमती हुमकला नेपालीको सम्पर्क नम्बर ९१९९५६९५७९७२ वा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकमा धर्म सुनार ९१९६०७६६८४५९, सुभाष गौतम ९१९९९६७३८०२० अथवा नजिकको मूल प्रवाहको कार्यालयमा सम्पर्क गरिदिन समाजले आग्रह गरेको छ ।