गुडगावको सेक्टर ४७ मा मूल प्रवाहको टोल समिति निर्माण

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाउँ नगर समिति अन्तर्गत सेक्टर ४७ मा पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य कमल रायमाझीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ ।

भेलाले विभिन्न होटेलहरुमा कार्यरत नेपाली श्रमजिवीहरूको बीचमा व्यापक छलफल पश्चात ५ सदस्यीय टोल समिति निर्माण गरिएको छ । जसमाः अध्यक्ष- रामु विक, सचिव- रबिन्द्र बिस्ट, कोषाध्यक्ष- करन विक, सदस्यहरुमाः सागर विक र सुनिल विक रहनु भएको छ ।

नयाँ समितिलाई क्षेत्रीय सदस्य कमल रायमाझीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार