हामी मूल प्रवाहको मूल धार मै छौं

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत फरीदावादको सेक्टर ३० स्थित श्रमिक विहार स्थित मूल प्रवाहका कार्यकर्ताहरुले संयुक्त विज्ञप्ती जारि गरि आफूहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मूल धार मै भएको बताउनु भएको छ ।

आफूहरुलाई केही व्यक्तिहरुले बाबुराम विष्टको नाम लिएर भ्रम पारेको तर बाबुराम विष्टसँगको भेटघाट पछि आफूहरु स्पष्ट भएको बताउनुको साथै फूटपरस्तहरुको भ्रममा नपर्न सम्पूणर् स्तरका नेपालीहरुलाई अनुरोध गर्नु भएको छ । विज्ञप्तीमा आफूहरु दुर्गा बहादुर केसीले नेतृत्व गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा नै प्रतिवद्ध रहेको बताउनु भएको छ ।

६ फरवरी २०२२ का दिन जारि संयुक्त विज्ञप्तीमा भनिएको छ :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार