एमसीसीविरुद्ध प्रदर्शन, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतले प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी



प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार