रोहतकमा धमाधम संगठन निर्माण

रोहतक, 10 फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने पुरानी सब्जी मन्डीमा मूल प्रवाहको टोल समिति गठन गरिएको छ।

नगर सदस्य खेम बहादुर कुमाल को पहल तथा अध्यक्ष सुभाष गौतम र मिना गौतमको विशेष उपस्थितिमा 5 सदस्यीय टोल समिति गठन गरिएको हो।
जसमा ; अध्यक्ष- मधु कुमाल, सचिव – चंचल कुमाल, कोषाध्यक्ष – हर्ष बहादुर कुमाल, सदस्यहरुमा : गौतम भट्टराई र भिमा भट्टराई रहनुभएको छ।
सुभाष गौतमले नवनिर्मित समितिलाई आठौं अखिल भारत सम्मेलन को प्रचार प्रसार सहित मूल प्रवाहको सदस्यता प्रदान गरी सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार