देशलाई फर्केर हेर्दा
कहानी जस्तो लाग्छ ।
बिदेशीको इसारामा बोल्नेहरु
बिके जस्तो लाग्छ ।।
जति सुकै चिच्याए पनि
मालिकहरु कै चाकरि गरिरहे लाग्छ ।
३ करोड नेपालीको खुन पिइरहे छन् ।।
नेता बन्न जनतालाई भर्याङ बनाउ छन् ।
कुर्ची पाए जनतासँग गरेको बाचा बिर्सन्छन् ।
आश्वासनमा बाँचेकालाई छल्न बहाना सिर्जन्छन् ।।
कहाँ गयो नेपालीका आशा र चाहना ।
चुनाव बेला तिमिले गरेका बाचा र बाहना ।।
खै हाम्रो मुल्य ? हामीले तिमीलाई ठाउँमा पुर्याको ।
बाहिर हरियो देखाएर हामीलाई तिमिलै उल्लु बनाएको ?
सुन्दैछु नेपाली भूमि फिर्ता हुने भोरे ।
आँशा त लाग्दैन फेरि पनि भरौटेहरु भुकी राखेको अरे ।।
जंगल चाहार्नेहरु लजमा डिनर गर्छन अरे ।
तिमिलाई खुवाउँदा नेपाली जनता भोकै मरे ।।
जति सिना ताने पनि साम्रज्यवाद सामु लम्पसार पर्ने ।
विदेशीले सिमा मिच्दा रमिता तिमि हेरि बस्ने ।।
यीनको आशामा अब नेपाल रहँदैन ।
बेलैमा होस नपुर्याए एतिहासिक नेपाल बच्दैन ।।
लाटो देशका गाणो तन्देरी कति दिनसम्म रमाउने ?
हामी पनि उस्तै, उनी नाच्दा तालि ठटाउने ।।
समृद्ध नेपाल नबनाए यीनको, ढाड सेक्नै पर्छ
साम्राज्यवादी दलालहरुलाई देशबाट लखेटै पर्छ ।।
सच्चा देशभक्त नेपाली अब एक हुनु पर्छ ।
जिउँदो नेपाली बनि नयाँ नेपाल निर्माण गर्नु पर्छ ।।