रोहतकमा मूल प्रवाहको संगठन धमाधम विस्तार

रोहतक, ११ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने काठमण्डीमा मूल प्रवाहको टोल समिति गठन गरिएको छ ।

नगर समितिका अध्यक्ष सुभाष गौतम उपाध्यक्ष उषा विक र महिला विभागकी सचिव मिना गौतमको पहल तथा बिशेष उपस्थितिमा ७ सदस्सीय टोल समिति गठन गरिएको छ ।

जसमा : अध्यक्ष- रमेश विश्वकर्मा, सचिव- उजेली नेपाली, कोषाध्यक्ष- सिता नेपाली, सदस्यहरुमा ः राजु नेपाली, सुनिल नेपाली, गिता नेपाली र एक स्थान रिक्त रहेको छ ।

नवनिर्मित समितिलाई आठौं अखिल भारत सम्मेलनको प्रचार प्रसार सहित मूल प्रवाहको सदस्यता प्रदान गरि सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

त्यसैगरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत गोहाना आमा टोल समिति निर्माण गरिएको छ ।

नगर समितिका कावा अध्यक्ष सुभाष गौतम, सदस्य गणेश शर्मा र धर्म सुनारको पहल तथा बिशेष उपस्थिति रहेको थियो । जसमा : अध्यक्ष- शिव रेस्मी मगर, सचिव- खुबे गुरुङ, कोषाध्यक्ष- थम्मन मगर, सदस्यहरुमाः मोहन पुनमगर र यमकली रेस्मी मगर रहनुभएको छ ।

नवनिर्मित समितिलाई गणेश शर्माले संगठनको महत्व बारे प्रष्ट पार्दै आठौँ अखिल भारत सम्मेलनको प्रचार प्रसार सहित सदस्यता प्रदान गर्नुभएको थियो । धर्म सुनारले नगर समिति रोहतकको तर्फबाट नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार