चुनाव प्रचार गर्दै हिडेको भन्ने

आयो दिन को हो नमस्कार गर्दै हिडेको भन्ने
त्यही त होला चुनाव प्रचार गर्दै हिडेको भन्ने

उपचार न पाएर अल्पाआयुमा मृत्यु हुन्छ गाउँमा
तर घोषणा पत्रमा घरघरमा सिंहदरबार भन्ने

ए सुन नेता जित्यो भने राम्रो काम गर्नु नी फेरी
दलाल बने हामी हौ तिमीहरुलाई गद्दार भन्ने

अरे यार कुनै काम त उदारणीय गर गाउँमा
किसानको मेहनतले राम्रो पायो कारोबार भन्ने

नेता हो दलाली न गर्नुस दलाल न बन्नुस कोही
फेरी जनता जाग्छन बेचे देश व्यापार भन्ने

प्युठान ,हाल जापान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार