क्यान्सर पिडीत नारायण पराजुलीलाई मूल प्रवाहको सहयोग

नई दिल्ली, १४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्धारा एकजना क्यानसर पिडीतलाई आर्थिक सहयोग गरिएको छ ।

जिल्ला अर्घाखाँची सन्धीखर्क नगरपालिका ८ खाँपडाडा बस्ने श्रीदेवीराम पराजुलीको ३१ वर्षिय छोरा नारायण पराजुलीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिमा आफ्नो आर्थिक अवस्था कम्जोर रहेको तर आफूलाई गम्भिर रोग क्यान्सरबाट ग्रसित रहेको भनि आर्थिक सहयोगका लागि निवेदन दिएका थिए । पिडीत पराजुली नई दिल्ली अन्तर्गत रहेको सादिक नगरमा डेरा गरी बस्नु भएको छ ।

वहाँले दिल्लीको अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स)मा क्यानसरको उपचार गराई रहनु भएको छ । क्यान्सरको उपचार अत्यन्त महंगो भएकोले वहाँकी श्रीमती शान्ता पराजुली मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्लीमा उपचाररत नारायण पराजुली बचाउन आर्थिक सहयोगको अपील गर्नु भएको हो ।

नगर समितिको तर्फबाट आर्थिक संकलन गरि रू. ५० हजार ३०० (८० हजार ४८० ने.रू.) सहयोग गरिएको छ । नगर समितिका अध्यक्ष बिन बहादुर कुँवर, उपाध्यक्ष तिलक खनाल र नगर सदस्य आर.बि. रायमाझीले अस्पतालमा पुगी सो रकम हस्तान्तरण गर्नु भएको थियो । अस्पतालमा भर्ना भई नियमित उपचार चलेको हुँदा दुई चरणमा सहयोग हस्तान्ताण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार