भिवानीमा मूल प्रवाहको पहलमा कोरोना विरुद्धको खोप लगाईयो

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समितिको पहलमा भिवानीका श्रमजीवी नेपाली नागरिकहरुलाई १३ फरवरी २०२२ का दिन कोरोनाबाट बचाउनको लागि खोप लगाईएको छ ।

नगर समितिको पहलमा करिब ६०/७० जनालाई पहिलो डोजको टीका लगाईएको छ । होटल, कोठी, फ्याक्टरी (कम्पनी) तथा अन्य स्थानमा काम गर्ने नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीसँग कुनै भारतीय पहिचान-पत्र नभएर कोरोनाबाट बाच्न टीका लगाउन सकेका थिएनन् ।

विद्यानगर टोल समितिको आयोजना तथा सक्रियता र नगर समितिको पहलमा १५० जना नागरिकहरु मध्य ५७ जनालाई निःशुल्क खोप लगाउने ब्यावस्था गरिएको थियो । नेपाली श्रमजीवी कामदारलाई आठौं अखिल भारत नेपाली एकता सम्मेलनको प्रचार-प्रसार गर्दै नविकरण तथा सदस्यता बितरण गरिएको थियो ।

नगर समितिका उपाध्यक्ष मणिराम अधिकारी र सदस्य डिल बहादुर भट्टराईको बिशेष पहलमा ब्यावस्थापन मिलाइएको थियो । नगर अध्यक्ष मोहन सिंह बिश्वकर्मा, सालिकराम आचार्य, गोवर्धन विश्वकर्मा, प्रेम थापा, जुम बहादुर रास्कोटी, प्रकाश केसी, (वकिल) – अकिल कोपिला र चौ, बन्सी लाल हस्पिटलका डाक्टर टिम सहित अन्य शाथिहरुको सहयोग पहल कार्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार