रेलबाट खसेर जंग बहादुरको निधन

चेन्नई । जैमिनी नगरपालिका ३, कालापात्ला माजगाउँ, बाग्लुङ निबासी मान बहादुर बैहिक थापाका छोरा जंग बहादुर बहिकको रेलबाट खसेर दुःख निधन भएको छ । जंग बहादुर ५३ का थिए । चेन्नईको जेपीयार स्टील प्लांट, काञ्चीपुरममा नोकरी गर्दै रहेका जंग बहादुर छुट्टीमा नेपाल घर गएर घर परिवार भेटी १० दिसंबर २०१९ का दिन गोरखपुरबाट राप्तीसागर एक्सप्रेस मार्फत चेन्नई पुगेका थिए । जंग बहादुरको १२ दिसंबरका दिन चेन्नईमा रेल दूर्घटनामा परि निधन भएको थियो ।

चेन्नई रेलवे स्टेशनबाट बाहिर निस्के पछि काम गर्ने स्थान ताम्बाराम तर्फ जाने लोकल ट्रेन चढ्ने क्रममा पार्क रेलवे स्टेशनबाट खस्दा उनको निधन भएको प्रत्यक्ष दर्शीहरुले बताए । सोही रेलले परसम्म लतार्दै क्षत–बिक्षत बनाएको र घटना स्थलमै उनको मृत्यु भएको घटना स्थलका दर्शीहरुले बताए ।

रेलवे प्रहरीले करिव ८ः५० बजे बिहान थाहा पाएर मृतकका काटिएका टुक्रा र सरसामान सबै संकलन गरेर राजीव गाँधी हस्पिटलको लास गृहमा राखेको थियो । रेलवे प्रहरीले कम्पनीको परिचय पत्रमा भएको सम्पर्क नम्बरमा जानकारी गराए पछि उक्त घटना मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई थाहा लागेको थियो ।

मृतक जंग बहादुर

घटनाको जानकारी पश्चात क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल र पूर्व नगर समितिका उमानन्द आचार्य राजीव गाँधी हस्पिटलमा पुग्नु भएको थियो । हस्पिटल पुगी जंग बहादुर थापाको शव पहिचान गरिएको थियो । तत्पश्चात रेलवे प्रहरीसँग परामर्शका लागि एगमोर रेलवे पोलीस स्टेशनमा पुगिएको थियो । त्यहाँ रामकुमार, बिष्णु थापा लगायतका साथीहरुको उपस्थिति थियो ।

प्रहरीसँग सबै विवरण लिए पछि निज मृतकको फोटा, झोला र सरसामान देखाएको थियो । झोलामा ३० वटा नेपाली चाउचाउ, कपड़ा, नेपाली नागरिकता, आधारकार्ड र केही नेपाली तथा भारती पैस का टुकड़ाहरू थिए । मृतक जंग बहादुरका घर परिवार श्रीमति, छोरा, भान्जा र गाउँलेहरू गरि ४ जना नेपालबाट १७ दिसंबरका दिन चेन्नई पुगेपछि कÞानूनी प्रक्रिया मिलाई मंगलबार दाहसँस्कार गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल, केन्द्रीय सदस्य मदन शर्मा, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, चन्द्र बहादुर थापा, उमानन्द आचार्य, पूर्व नगर सचिव टिका थापा, सदस्य लोकराज भुसाल, पश्चिम नगर सहसचिव यामकुमार नेपाली लगायत गाउँलेहरू र कम्पनी स्टाफहरूको उपस्थितिमा पोलीस केसको प्रक्रिया पुरागरि पोष्टमार्टम पश्चात दिउँसो करिव ४ बजे चेन्नईको नुङगामबाक्कुम स्थित संसामघाटमा हिन्दु रिती अनुसार दाहसँस्कार गरिए हो । मृतक जंग बहादुरको सम्मानमा एक मिनेट मौनधारण पछि महेन्द्र बस्यालले शोक मन्तव्य राख्नु भएको थियो ।

मूल प्रवाहका नेता कार्यकर्ताहरुले रेल दुर्घटना बारे जानकार वकिललाईसँग परामर्श गरिएको महेन्द्र बस्यालले हामीलाई जानकारी दिनुभयो । निजको दुःखद निधनप्रति गहिरो दुःख ब्यक्त गर्नुका साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार