
मुल प्रबाह अखिल भारत नेपाली एकता समामाजको एतिहासिक ८ औ राष्ट्रिय सम्मेलन बाट निर्बाचित सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना
• हाम्रो वर्गिय संगठन मूलप्रवाहले आफ्नो स्थापनाकाल देखि नै भारतभरी छरिएर रहेका प्रवासी नेपालीहरुलाई संगठित गरेर भारत स्थित मजदुरहरुको हक र हितको लागी अग्रपंक्तीमा रहेर न्यायको लडाईं लड्नुको साथै स्वदेशभित्र विभिन्न कालखण्डमा भएका जनतन्त्र जनजिबिका र राष्ट्रिय स्वाधीनताको आन्दोलनहरुमा अहम भूमिका निर्वाह गरिरहेको कुरा सबैमा जगजाहेर छ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक ८औं सम्मेलन 27 फरवरी बाट शुरु भई आज 1 मार्चका दिन भव्यरुपले सम्पन्न भएको खबरले हामीलाई निकै खुशी लागेको छ,उक्त सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ४७ पूर्ण १५ वैकल्पिक र १५ सल्लाहकार गरि ७७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। जसमा: उपाध्यक्षहरु कपिल खनाल,हीरा सिंह चन्द, प्रेम पौडेल,महासचिव कुल बहादुर थापा, सचिव प्रेम सापकोटा, त्रिभुवन भट्टराई,बेद बहादुर कार्की कोषाध्यक्ष मदन शर्मा सहित सम्पूर्ण निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई तथा नयाँ निर्बाचित समिती अझै थप सफलताका साथ भारतस्थित प्रवासी नेपालीहरुको हक र हित र अधिकारका लागी कोसेढुङ्गा सावित हुने छ गर्बिलो यात्राका लागि सफल कार्यकाल हार्दिक शुभकामना व्यक्त गर्दछौं।
दल ब गाहा धन ब कार्की
महासचिव अध्यक्ष
बहराइन नेपाली एकता समाज,केन्द्रिय समिती
















