‘देशभक्ति आवाज’ लोकाअर्पण

फरीदावाद । सुरेशकुमार पाण्डेद्वारा लेखित ‘देशभक्ती आवाज’ पुस्तक लोकाअर्पण भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक आठौं सम्मेलनको उद्घाटन समारोह बिच लोकाअर्पण गरिएको हो । पुस्तक अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गा खरेल २७ फरवरी २०२२ को दिन गर्नुभएको हो ।

भारतको एनसीआर क्षेत्र (राष्ट्रिय राजधानी)फरिदाबादको सेक्टर १५ स्थित कम्युनिटी सेन्टरमा उक्त सम्मेलन भब्य र सान्दार रूपमा सम्पन्न भएको हो । उक्त अखिल भारत सम्मेलनकै दौरान सुरेशकुमार पाण्डेद्वारा लेखिएको देशभक्ती आवाजलाई लोकाअर्पण गरिएको थियो ।

उक्त गजल संग्रहाम २१० देशभक्ती गजलहरू समाबिष्ट छन् । संस्मण रहोस् लेखक सुरेशकुमार पाण्डेले हिंदीमा लघुकथा ‘अनुभव’ र एकल गजल संग्रह ‘अन्धकार चिर्ने दियो’ पहिले नै प्रकाशित भैकेकाछन् । कैयौं संयुक्त गजल संग्रहहरू पनि प्रकाशित भैहकेकाछन् । हाल यो नयाँ कृतिले एमसीसीको बिरूद्धमा आवाज उठाएकोछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार