वापी पूर्वमा रक्त दान शिबिर सम्पन्न

वापी पूर्व, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापी नगर समिति पुर्बको आयोजनामा रक्त दान शिबिर सम्पन्न पारिएको छ ।

पश्चिम भारत ब्यबसायीक बिभाग सदस्य राम चन्द्र खत्रीले शिविरमा सहभागिहरुलाई जलपान कार्यक्रम गरि उत्साह प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय सदस्य गोविन्द थापा, केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय सदस्य कृष्ण कुँवर, क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा, क्षेत्रीय साँस्कृतिक बिभागका संयोजक हरि काउछा, क्षेत्रमाबाट पवन गुरुङ बाबुराम दहित, बिना काउछा, निखिल रावत लगाएत वापी पुर्ब नगर सदस्य समर्थक शुभ चिन्तकहरुको उपस्थिति भैइ ५१ जनाले रक्तदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार