भिवानीमा सन्देश सभा र महिला दिवसको अवसरमा सभा सम्पन्न

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवानी नगर समितिको आयोजनामा आठौं अखिल भारत सम्मेलनको सन्देश सभा तथा ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न पारिएको छ ।

आठौं अखिल भारत सम्मेलन २७, २८ फरवरी र १ मार्चका दिन फरीदाबादमा ऐतिहासिक रूपमा भब्य रुपमा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला बिभाग भिवानी कि संयोजक उर्मिला देवि कोपिलाको अध्यक्षता र गोभर्धन सुनारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा केन्द्रीय समितिका सदस्य सालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय परिषद सदस्य वीर बहादुर कोपिला, मनिराम अधिकारी, नगर समितिका अध्यक्ष मोहन सिंह बिश्वाकर्मा, नगर सदस्य डिल बहादुर भट्टराई, मान बहादुर रायमाझी, अशोक सुनार, मदन विश्वकर्मा, क्षेत्रीय महिला विभाग कि सदस्य हस्तुदेवी बिश्वकर्मा, अमृता सुनार, नगर महिला बिभागकि कमला नेपाली, नारायणी अर्याल, बिमला जि.एम. र बिष्णु पौडेलले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार