कम्युनिस्ट घोषणापत्रबारे छलफल

बुटवल । रूपन्देहीको बुटवलमा सञ्चालित दर्शन पाठशाला कक्षा कार्यक्रमअन्तर्गत २०७६ मङ्सिर २९ गते कम्युनिस्ट पार्टीको घोषणापत्रबारे छलफल गरिएको छ । माक्र्सवादी दर्शन तथा नीतिसिद्वान्तबारे कक्षा चलाउने गरी वैशाखदेखि दर्शन पाठशाला सुरु गरिएको हो ।

प्रगतिशील आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले हरेक महिनाको अन्तिम शनिबार दर्शन पाठशाला कक्षा सञ्चालन हुँदै आएको छ । कार्यक्रममा माधवकुमार पौडेलले कम्युनिस्ट पार्टीको घोषणापत्रबारे प्रशिक्षण दिनुभएको थियो । कार्ल माक्र्सले सन् १८४८ मा लेखेको कम्युनिस्ट घोषणापत्र समय सान्दर्भिक भए पनि नेपाल कम्युनिस्ट पार्टीले उक्त घोषणापत्रलाई व्यवहारमा ल्याउन नसकेको बताउनुभयो ।

प्रगतिशील लेखक सङ्घ रूपन्देहीका पूर्व अध्यक्ष देवेन्द्र घिमिरे, जीवराज आश्रित प्रतिष्ठानका महासचिव कल्पना थापा, लेखक ऋषि आजादलगायतले कम्युनिस्ट घोषणापत्रबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । प्रलेसका उपाध्यक्ष राजेश विश्वकर्माको अध्यक्षता र सचिव श्यामलाल पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रगतिशील लेखक सङ्घ रूपन्देही र जीवराज आश्रित स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा मासिक रूपमा दर्शन पाठशाला कक्षा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार