
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा दाहसंस्कार गरिएको छ । चौविसे गाउँपालीका ८ धनकुटा घर भएकी सीता पौडेलको १० मार्च २०२२ को दिन निधन भएको थियो । उनको पञ्जाबको जालन्धरमा निधन भएको र स्थानीय प्रशानले दिएको जानकारी अनुसार सीताले आत्महत्या गरेको बताएको थियो ।
सीता पौडेलको अनुसार सीताले कक्षा ८ मा पढ्दै गर्दा ऐजनऐजन गाउँपालीका निविसी तलिक तामाङसँग लामो समयदेखि प्रेम गर्दै आइरहेकी थिइन् । बिवाह भएको करबि पाँच वर्ष पछि सीता पौडेलले आत्महत्या गरेको बताइएको छ । शुरु शुरुमा माइती पक्षबाट आत्महत्या नभएर हत्याको आरोप लगाएको थियो । तर स्थानीय प्रशासनको खानतलासीले हत्या नभएर आत्महत्या नै भएको पुष्टि भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य कुल बहादुर बगाले सहितको प्रतिनिधि टोलीले प्रशासनमा गई पटक पटक निश्पक्ष छानविनको लागि दबाब दिएको थियो । माइती पक्षले आफूहरुको सहभागिता विना दाहसंस्कार गर्न नमिल्ने बताए पछि सो कार्यलाई ३ दिनसम्मको लागि दाहसंस्कार कार्य रोकिएको थियो । तर यात्राको लागि परेको समस्याका कारण माइती पक्षले आफूहरु अनुपस्थिति रहने तर प्रशासनलाई पत्र पठाए पछि मूल प्रवाहको पहलमा सो दाहसंस्कार गरिएको हो । यसै बीच नगर समिति जालन्धर र नाडियाडलाई माइती पक्षले एक पत्र लेखि धन्यवाद प्रकट गरेका छन् ।
धन्यवाद पत्रमा लेखिएको छ :
‘डल्य चौकी टास्पोट नगर एरिया इञ्चार्ज पञ्जाब पुलिस विशेष रबिन्दलाइ धन्यवाद प्रकट गर्दछौं । साथै छोरी सीताको आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
तारिक १०/०३/२०२२ बिहाबारको दिन गुजरात राज्यको नडियाद नगर समितिका अध्यक्ष श्री रबिन्द्र बिष्ट ज्युको पहलमा मैले धनकुटा चौबिसे गाउँपालिका केरावारी २ कि हाल पञ्जाबको सुन्दर नगरमा बसदै आएकी हाम्री छोरी सिता पौडेल (तामाङ) को शव घरमा झुण्डिएको अबस्थामा भेटिएको खबर पायसंगै मैले नाडियाद नगर समितिका अध्यक्ष श्री रबिन्द बिष्ट ज्युलाई खबर गरि उहाँको पलहलमा दिल्लीदेखि पंजाबसम्मका बरिस्ठ पदाधिकारी पुगी डेटबोडीलाई पुलिसकेस गरि सरल सहज तरिकाले आज पोष्टमाटम गरि अन्तिम दाहसंस्कार गरि फरकिनु भएको छ र छोरी सीताको सबै कानुनी हेरा प्रक्रिया मिलाई घटाना स्थल वरपरका आफन्त सबैले दिएको बयान, घर परिवारको बयान र पोष्टमाटम रोपोट केलाउँदा हत्या नभै आत्माहत्या भएको देखिएकोले अन्तिम दाहसंस्कार गरिएको छ । यस बिचमा हामीलाई सरल तरिकाले सयोग गरिदिएकोमा विशेष नदियाद नगर समितिका अध्यक्ष श्री रबिन्द बिस्ट ज्यु र जालन्धरका कुल बहादुर बगालेलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।”
समस्त पीडित परिवार ।
निबेदक : मृर्तकको अंकल राजन थापा
दाजु : निसन पौडेल
दाजु : घनश्याम पौडेल
बुवा : अमृत बहादुर पौडेल
आमा : रतन कुमारी पौडेल
















