मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ : अध्यक्ष खनाल

नई दिल्ली, १३ मार्च । मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले संगठनमा फूट पार्न खोज्नेहरुको दुष्प्रचारलाई परास्त गरेको समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले बताउनु भएको छ । अध्यक्ष खनालले सो धारण मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा आयोजित आठौं अखिल भारत सम्मेलनको सन्देश सभालाई सम्बोधन गर्दै राख्नुभएको हो ।

‘कतिपय लालबुझक्कडहरुले आठौं अखिल भारत सम्मेलनलाई नाटकको रुपमा टिप्पणी गर्नु हारको मानसिकताको उपज हो ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘आठौं अखिल भारत सम्मेलन एतिहाँसिक रुपमा सम्पन्न भएको छ, कसले के भन्छ, त्यो उनीहरुको पिडा हो हाम्रो होइन ।’ आमुल परिवर्तनका लागि संघर्षमा खटिएका भनिएका साथीहरु साना तिना समस्याहरुबाट तर्सिएर राम्रोलाई पनि नराम्रो देख्न थाल्नु दुःखद भएको खनालको भनाई थियो ।

‘कैयौं साथीहरुले आफूले संगठनमा दिएको योगदानलाई क्यास गर्न खोज्नु भएको थियो, तर त्यस प्रकारको कार्य गर्नबाट बञ्चित भएपछि वहाँहरुले संगठनलाई धारे हात लगाउँन थाल्नु भएको थियो ।’ अध्यक्ष खनालले भन्नु भयो- ‘धारे हात लगाउने पनि एउटा प्रक्रिया हुन्छ, संगठनको अनुशासनमा बस्नु पर्दछ, संगठनको अनुशासन पनि नमान्ने र आफूलाई खाँटी मूल प्रवाह बताउन वहाँहरुलाई लाग्नु पर्ने हो ।’ आफूहरुले आठौं अखिल भारत सम्मेलनको दौरानमा पनि छुटेका साथीहरुलाई सम्मेलनमा सहभागिताको लागि अपिल गरेको बताउनु भएको थियो ।

क्षेत्रीय अध्यक्ष विक्रम सिंह राणाको अध्यक्षता एवं शिव केसीको सञ्चालन र शालिकराम आचायको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय सदस्य शेर बहादुर थापा, बाबुराम विष्ट, धुर्व शाह, सल्लाहकार रमेश चन्द क्षेत्री, विन बहादुर कुँवर, लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

त्यस्तै उमानन्द बञ्जाडे, विष्णु खनाल, विष्णु विसी, लक्ष्मी कडायत, मोहनसिंह, जीत बहादुर, चक्र सिंह, प्रविण गुरुङ, कृष्ण कुँवर, तामाराम ढकाल, सुमित्रा थापा लगायतले पनि कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

 

सोही अवसरमा मूल प्रवाहका पूर्व केन्द्रीय सल्लाहकार एवं पश्चिमोत्तर क्षेत्रीय सदस्य सुरेश कुमार पाण्डे र गुडगाव महिला नगर विभागकी सदस्य देवा पाण्डेलाई विदाई गरिएको थियो । दुबैलाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल सल ओढाएर सम्मान गर्नुभएको थियो । क्षेत्रीय अध्यक्ष विक्रम सिंह राणाले वहाँहरुलाई संझनाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरु र अतिथिहरुले दुबैलाई अविर लगाएर विदाई गर्नुभएको थियो ।

पाण्डेले आफूले भारत प्रवासमा रहेर श्रमजिवी वर्गको पक्षमा काम गरेको अनुभव स्वदेशमा पनि श्रमजिवी कै पक्षमा सदुपयोग गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार