गजल : हिमाल राखेर

गोविन्द पुन, गिरीश

निदाउँछु म सिरानीमा हिमाल राखेर
आँखाभरी विहानीमा हिमाल राखेर

यो भन्दा अर्को कुनै दृष्य खोज्दिन म
नजरको निशानीमा हिमाल राखेर

नाच्न पाउँ रमाउँदै हिमचुलीको फेदीमा
झलमल घामपानीमा हिमाल राखेर

बाँचेको छु छातीमा सजाएर सगरमाथा
यो दिलको राजधानीमा हिमाल राखेर

जुनी जुनी यै भूमिमा म जन्मन पाऊँ
माटो साक्षी, जमानीमा हिमाल राखेर ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार