आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न

रायगढ, १३ मार्च । मूख प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रायगढ नगर समितिले आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न गरेको छ।

नगर समितिका कोषाध्यक्ष सन्त थापाको अध्यक्षता र नगर सदस्य तिलक रानाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य श्याम त्रामु, केन्द्रीय परिषद सदस्य अनन्त राहाडीको आतित्थ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई महिला विभागकी सदस्य रितु त्रामु र कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय वैकल्पिक सदस्य श्याम त्रामुले आठौं अखिल भारत सम्मेलनको महत्वको बारेमा प्रष्ट्याउनु भएको थियो । कोरोना महामारीको त्रासको बाबजुध पनि ठूलो जनसहभागिता सहित व्यापक छलफल गरि आवश्यक दस्तावेजहरु पारित गरिएको त्रामुले बताउनु भयो । यो सम्मेलन ऐतिहासिक रुपमा सफल भएको बताउनु वहाँको भनाई थियो । त्यस्तै केन्द्रीय परिषद सदस्य अनन्त राहाडीले सत्ता पक्षले जनताको मर्म विपरित एम.सी.सी. पारित गरेर राष्ट्रियता माथि नै ठूलो संकट पैदा गरेको

सभालाई नगर सदस्य तथा न्हवा एरिया अध्यक्ष देव कुँवर, नगर सदस्य तथा पालगंगा एरिया समितिका धुर्व अर्याल, न्हवा एरिया समितिका भिजन लालुले पनि मन्तव्य दिनुभएको थियो । कार्यक्रमको बीच बीचमा कलाकारहरुले रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार