महममा मूल प्रवाहको संगठन विस्तार

रोहतक १९ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत पर्ने महममा मूल प्रवाहको संगठन निर्माण गरिएको छ ।

नगर समितिका का.वा. अध्यक्ष सुभाष गौतम र मोहन सिंह बिकको पहल तथा बिशेष उपस्थितिमा संगठनको आवश्यक छलफल पछि ७ सदस्यीय टोल समिति गठन गरिएको छ ।

जसमाः अध्यक्ष- प्रेम लाल पोख्रेल, सचिव- भक्ति कुँवर, कोषाध्यक्ष- नरेस केसी, सदस्यहरुमाः चेतप्रसाद अधिकारी, दिनामणी अधिकारी, माया कुँवर र बाटुला अधिकारी रहनुभएको छ ।

नवनिर्मित समितिलाई पश्चिम उत्तर क्षेत्रीय सदस्य मोहन सिंह बिकले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार