
सुर्खेत । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलन वीरेन्द्र नगरमा सम्पन्न भएको छ । सम्मेललाई सम्बोधन गर्दै प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव एवं कणर्ाली प्रदेश इन्चार्ज प्रकाश थापा मगरले प्रलेस मार्क्सवादी विचार तथा दृष्टिकोण अनुसार समाज रूपान्तरण गर्ने अगाडि बढिरहेको साझा संस्था भएको बताएकाछन् ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न प्रगतिशील लेखक सङ्घ कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सम्मेलनका प्रमुख अतिथि थापाले प्रलेसले देश र जनताको हित, उन्नति, प्रगतिको पक्षमा रहेका विचार र व्यवहारको समर्थन गर्दछ भने त्यसका विपरीत रहेको विचार अनि व्यवहारको घोर विरोध गर्दछ ।
प्रलेस खिचडी होइन बरू स्पष्ट मार्क्सवादी विचार तथा दृष्टिकोण अनुसार समाज रूपान्तरण गर्न अगाडि बढिरहेको साझा संस्था हो र यसले समन्वय र सहकार्य गराउँदै अरूको विचार सुन्न र मनन् गर्न सिकाउँदै अघिबढिरहेको संस्था भएको बताए ।
थापाले राजनीतिक नेतृत्वलाई खबरदारी साझा एजेण्डामा एकै ठाउँमा उभिएर देश र जनताको पक्षापानी भएर काम गर्नलाई पनि प्रेरित गरिरहेको बताए । अलग-अलग राजनैतिक बिचार राख्ने मार्क्सवादी स्रष्ठाहरूको अविचलित साझा संस्थाको गरिमा कायम गर्न प्रलेस इतिहासमा कै कैतै नचुकेको समेत थापाको भनाइ छ ।
साझा संस्थाको गरिमा जोगाउन पछिल्लो पटक संसद विघटन गरी प्रतिगमनकारी कदम चलाएको सन्दर्भलाई जोड्दै थापाले भने पदिए जिम्मेवारीको दुरूपयोग नगरी साझा संस्थाको गरिमालाई कायम राख्दै प्रतिगमनका बिरूद्धमा खबरदारी गरेको घटनालाई समेत जोडे दिएका थिए ।
प्रमुख अतिथि थापाले प्रलेस सामन्तवाद तथा साम्राज्यवाद बिरोधी साहित्यकारहरूको साझा संस्था हो जसले देश र जनताको हितमा भएका कामको समर्थन र अहितमा रहेका कामहरूको घोर बिरोध गर्दछ भन्ने कुरा बताए ।
विशेष अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले राष्ट्रघाती एमसिसी पास गर्ने कम्युनिष्ट नभएर पूँजीवादी संसदवादी दलाल मात्र भएको र उनीहरूको गायत्रीमन्त्र दिल्ली र वाशिंटनमा निर्माण हुने गरेको बताए । उनले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको अग्रणी संस्था प्रलेसले देश जनता र राष्ट्रियताको पक्षमा कलम चलाउने साहित्यकारलाई एकताबद्ध गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको बताए ।
कृति बिमोचन
सम्मेलनको उद्घाटनसत्रमा रगवीर विश्वकर्मा ‘दलित-मुक्ति’ गजल-संग्रहको पनि बिमोचन गरिएको छ । प्रमुख अतिथिबाट विमोचित कृतिमाथि समीक्षा गर्दै साहित्यकार बलभद्र भारतीले रगवीर विश्वकर्मा-विनयको दलित-मुक्ति गजल-संग्रहले समाजमा दलितमाथि गर्दै आएको अमानवीय सम्पूणर् भेदभाव, छुवाछुत, अन्याय-अत्याचारहरूको उजागर गर्दै त्यसको अन्त्य गरी न्याय र समानतामा आधारित समाज निर्माण गर्नका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने सेरोफेरोका गजलहरू समेटेको बताए ।
सम्मेलनको उद्घाटनसत्रमा म.प. गजल मञ्चका अध्यक्ष धिरेन थापा अनुपम, नेपाली लेखक संघ सुर्खेतका सह-सचिव महेन्द्र चन्द महासागर, साहित्यकार लोकराज गौतम, सहीद स्मृति पुस्तकालयका अध्यक्ष भानुभक्त भारती, जनपत्रकार संगठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी राजकुमार, नेपाली साहित्य पत्रकार संघका केन्द्रीय सदस्य जगत वाशिष्ठ, भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने, प्रलेस नेपाल सुर्खेत शाखाका अध्यक्ष जागेश्वर नेपाल, सल्लाहकार पूणर् भण्डारी, प्रलेस केन्द्रीय सदस्यद्वय डा.दिपक गौतम, जीवन शाही लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
उक्त सम्मेलनमा धिरेन अनुपम, महेन्द्र चन्द, लोकराज गौतम, जागेश्वर नेपाल, देवप्रकाश सिंह, पूणर् भण्डारी पंकज, रत्ना अधिकारी, रगवीर विश्वकर्मा लगायतले आ-आफ्नो रचना वाचन गरेका थिए ।
प्रतिवेदन पारित तथा समिति चयन
तीन लाख चार हजार हजारको आर्थिक प्रतिवेन, प्रगति प्रतिवेदन र समसामयिक प्रस्तावसमेत पास गर्दै युद्धविक्रम शाहीको अध्यक्षतामा २३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूणर्बहादुर शाही, महिला उपाध्यक्षमा कोकिला सिंह, सचिवमा हरिलाल महतारा, सहसचिवमा रत्ना अधिकारी र कोषाध्यक्षमा अजय गिरीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा अञ्जना महतारा, जागेश्वर नेपाल, टंक प्रसाल शर्मा, दिर्घ बि.क., देवप्रकाश सिंह, धिरेन थापा, नरबहादुर सिंह, प्रकाश आचार्य, मनलाल वली, मायाराम न्यौंपाने, रगवीर विश्वकर्मा, रमेश चन्द ‘कुशुम’, रमेश रावत, रेशम विष्ट, षडानन्द भट्टराई, हस्तराज रेग्मी र यामराज शर्मालाई चयन गरेको छ ।















