सहिद कमल अधिकारीको १४ औँ स्मृति दिवस मनाइयो

नेपालगञ्ज । संविधान सभाका प्रथम सहिद कमलप्रसाद अधिकारीको १४ औँ स्मृति दिवस मनाइएको छ । राष्ट्रिय जनमोर्चा, बाँकेले एक समारोहको आयोजना गरी नेपालगन्जमा अधिकारीको स्मृति दिवस मनाइएको हो ।

सहिद कमल अधिकारीकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यमा समारोह भएको थियोे । सहिद कमल प्रसाद अधिकारी प्रति श्रद्धाञ्जली सहित समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका विशेष अतिथि राजमोका पूर्वमहासचिव तथा पूर्वसांसद हरि आचार्यले नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चाको नीति, सिद्धान्त प्रतिको लगाव, सकृयता, जुझारुपन र जनताप्रति समर्पित हुने कुरा सहिद अधिकारीबाट अनुसरण गर्नुपर्ने गुणहरु भएको बताउनु भयो ।

अधिकारीले सोही अनुसार खासगरी संघीयता, जातीय राज्य, एक मधेश एक प्रदेश लगाएतका रास्ट्रघाती अवधारणाहरुको खुलेर विरोध गर्दा त्यस्का पक्षपातीहरुको आँखाको तारो बन्नु भएको आचार्यले बताउनु भयो ।

सहिद अधिकारीले आफ्नो प्राण जानुअघि किटानी जाहेरी गरेपछि बाध्य भएर गिरफ्तार गरी जेल पठाइएका हत्याराहरुलाई माओवादीहरुले आस्थाका बन्दी भनी फूलमाला सहित जेलमुक्त गराएको घटना खेद्जन्य भएको बताउनु भयो ।
तत्कालीन एमाले सरकारले पछी त्यस्तै घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्दा कमल अधिकारीलाई सहिद घोषणा नगर्नु बेइमानी भएको कुरा व्यक्त गर्नु भयो।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पान्डेले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियोे भने जातीय समता समाजका केन्द्रीय सदस्य मन बहादुर सुनार, अखिल नेपाल महिला संघ बाँकेका सल्लाहकार माला केसी, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष जोकप्रसाद भन्डारी, अखिल ((छैठौं) बाँकेका अध्यक्ष नमराज चन्दलगायतको आतिथ्यता रहेको थियोे ।

राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालनसहित राजमो जिल्ला उपाध्यक्ष जगदीश ढकालले सहिद कमल अधिकारीको जीवनीबारे चर्चा गर्नुभएको थियोे ।

२०६४ सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट बाँके २ नं क्षेत्रबाट संविधानसभा सदस्यको उम्मेदवार भएका बखत कमल प्रसाद अधिकारीलाई २०६४ चैत्र ५ गते राती ११ बजे सिकन्दर खाँ, भुल्लन केवट, होलि केवट र अशोक वर्माको सशस्त्र रुपमा आएको समूहले गोली हानेको कुरा स्वयम् कमल अधिकारीले भेरी अस्पतालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई बताउनु भएको थियोे ।

भोलिपल्ट बिहान सोही अस्पतालमा उपचारको क्रममा कमल अधिकारीको निधन भएको थियो । राष्ट्रिय जनमोर्चाले सोही बखत उहाँलाई सहिद घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार