कार्यकर्तालाई सहयोग

हैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित जुब्लिहिल्स ए एरिया समितिका सदस्य मोटर साइकल दुर्घटनामा परि सिरिअस अबस्थामा यशोधा हस्पिटलमा भर्ना गरिएको थियो । तर उहाँको आर्थिक अवस्था कम्जोर भएको कारण उपचारका लागि देखिएको ढिलाइप्रति मध्यनजर गरि जुब्लिहिल्स ए र बि एरिया समितिको संयुक्त पहलमा रु. १६ हजार ७ सय आर्थिक संकलन गरि यन बहादुर थापालाई जुब्लिहिल्स ए एरियाका सचिव रामप्रसाद अधिकारी, कोषाध्यक्ष यम बहादुर थापा, बि एरियाका अध्यक्ष कर्ण बहादुर थापा, सचिव केदारनाथ शर्माले उक्त रकम हस्तान्तरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार