सन्दीप लामिछानेको कप्तानीमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई पराजित गर्दै त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले अपराजित यात्रालाई अन्तिम खेलमा पनि निरन्तरता दिँदै भ्रमणकारी टोली पिएनजीविरुद्ध ५० रनको जित निकाल्दै उपाधि उचालेको हो । यससँगै सन्दीप  लामिछानेको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालको हो ।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउदै १ सय १८ रनमात्र जोड्न सक्यो । पिएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक, पिएनजीको खातामा ओपनर चाल्र्स एमिनीले १५ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाललाई सफलता हात लागेको हो ।

पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । यसबाहेक, करण केसीको नाममा तीन विकेट रहँदा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । करणले तीन ओभरमा २७ रन खर्चिदा सन्दीपले चार ओभरमा २५ रन खर्चिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा पिएनजीलाई नेपालले ६ विकेट गुमाएर १ सय विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे । नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो ।

यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुदाँ दिलिप नाथ र आरिफ शेख डकआउट भएका थिए । यसबाहेक, आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे ।

बलिङतर्फ पिएनजीका सेमो कामेआले तीन विकेट लिदाँ चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक विकेट हात पारे । शृंखलामा नेपाल, पिएनजी र मलेसिया सहभागी थिए । ट्वान्टी–२० शृंखलाअघि नेपालले पिएनजीसँग दुई एकदिवसीय खेलको शृंखला खेलेको थियो । उक्त शृंखला पिएनजीले ‘क्लिन स्विप’ गरेको थियो ।

ट्वान्टी–२० शृखंलामा अर्धसतक प्रहार गरेको दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोतकृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार