

वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्व पश्चिम दमन सिलवासा संयुक्त आयोजनामा २६ जनवरीको वापिमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । समाजका केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्कीले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि केन्द्रीय समिति सदस्य गोविंद बहादुर थापा, अतिथिहरू केन्द्रीय सदस्य रामकला काउछा, श्रीधर शर्मा, टंक कुंवर, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, सहसचिव हरी काउछा, सचिवालय सदस्य प्रविन काउछा, क्षेत्रीय सदस्य मान बहादुर थापा, भुवन धामी, केन्द्रीय महिला विभाग सदस्य विना काउछा, क्षेत्रीय सदस्य शोभा धामी, वापि पुर्व नगर अध्यक्ष गन बहादुर राना, दमन नगर अध्यक्ष सेर बहादुर बिक, सिलवासा नगर अध्यक्ष राम बहादुर थापा, वापि पश्चिम नगर अध्यक्ष देवेन्द्र रावल, पश्चिम भारत महिला विभाग संयोजक बिस्नु माया शर्मा, समाज सेवि पवन गुरुङ, मध्य पश्चिम भारत क्षेत्रेय महिला विभाग संयोजक रेणुका कुंवर लगायतको आतित्थ्यता रहेको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । जस्माः नाह्वा प्रथम र दमनले द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । उत्कृष्ट खेलाडि पुरस्कार दमन स्पोट्र्स क्लबका रोशन परियारले हात पारेका थिए ।
विजयी टिमहरुलाई बेद बहादुर कार्की, गोविन्द थापा र कृष्ण कुँवरले पुरस्कार प्रदान गर्नुभएको थियो । सबै खेलाडि टिम सहभागी जनसमर्थक र आयोजक सम्पुर्ण लाई बधाई तथा शुभ कामना दिनु भयको थियो । कार्यक्रमको सञ्चालन निखिल रावतले गर्नु भएको थियो ।