


खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
गुल्मी । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले संघीयताले देश खोक्रो बन्दै गएकोले खारेजीको विकल्प नभएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय जनमोर्चा कालीगण्डकीले पुर्तिघाटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले संघीयता जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको आर्थिक अवस्था भित्रभित्रै टाट पल्टने अवस्थामा पुगेको बताउनुभयो । संघीयताका कारण देशको अखण्डता र राष्ट्रियतासमेत संकटमा परेको उहाँको भनाई थियो ।
‘संघीयता देशले धान्नै सक्दैन । भित्रभित्रै टाट पल्टने अवस्थामा देश पुगेको छ । राष्ट्रियतामाथि संकट आइलागेको छ’ पौडेलले भन्नुभयो, ‘अनावश्यक प्रदेश संरचना खारेज गरौँ । स्थानीय तहलाई बलियो बनाऔँ । अब संघीयता खारेजीको विकल्प छैन ।’
सांसद पौडेलले अझै पनि देशमा प्रतिगमनको खतरा रहेको औँल्याउँदै त्यसलाइ रोक्नको लागि गठबन्धन आवश्यक परेको बताउनुभयो ।
उहाँले देश र जनताको पक्षमा संघर्ष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा भएकोले जनताले राष्ट्रिय जनमोर्चालाई रोज्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जातीय समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभा सांसद तुल प्रसाद विश्वकर्मा (राजेस विक) ले नेपाली जनताहरुले कुन राजनीतिक दल सही हो र कुन राजनीतिक दल गलत हो छुट्टाउनु पर्ने बेला आएको बताउँदै जनताको चेतनास्तर माथि उठ्नुपर्ने बताउनुभयो।
चुनावी सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राम कुमार क्षेत्री, अर्का केन्द्रीय सदस्य तारा थापा, जिल्ला अध्यक्ष जीवन राना, जिल्ला सचिव छविलाल सर्तुङ्गी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, नेता टेक बहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
राजमो कालीगण्डकीका अध्यक्ष गंगा केसीको अध्यक्षता अघि बढेको चुनावी सभाको बिचबिचमा रक्तिमका कलाकारहरुले विभिन्न जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम ढकालले गर्नुभएको थियो ।