भिवानीमा १३३औं मैं दिवस मनाइयो

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा प्रसिक्षणात्मक सभा सहित १३३औं मई सम्पन्न पारिएको छ ।

नगर अध्यक्ष मोहन सिंह विकको अध्यक्षता तथा नगर समितिका उपसचिव भुपबहादुर थापाको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सर्वप्रथम सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई नगर समितिका सल्लाहकार जुम बहादुर रास्कोटीले शब्दले स्वागत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा केन्द्रीय परिषद सदस्य बिबि कोपिला, पश्चिमोत्तर क्षेत्रीय सदस्य मनीराम अधिकारी, नगर समितिका सदस्य डिलबहादुर भटराई र गोर्बधन बिकले मजदुर आन्दोलनको विषययमा प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार