काठमाडौं । बागलुङको निसिखोला गाउँपालिका वडा नं ५ का दलित महिला सदस्य मतिकला विक निर्विरोध निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका उम्मेदवार विकविरुद्ध अर्को उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध हुनुभएको राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरले जानकारी दिनुभयो ।
बागलुङमा पाँचदलीय गठबन्धनले वडातहसम्म नै तालमेल गरेको छ । तालमेल अनुसार निसिखोला ५ मा राजमोले दलित महिला वडासदस्यमा उम्मेदवारी दिएको थियो ।
बागलुङमा राजमोले दुई पालिकामा प्रमुख र दुईमा उपप्रमुखसहित १५ वटा वडामा वडाअध्यक्षको संयुक्त उम्मेदवारी दिएको छ ।
जिल्लाको जैमिनी नगरपालिकाको प्रमुखमा नरबहादुर पुन, बरेङ गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद पौडेल तथा बडिगाड गाउँपालिकामा भीमसेन वन र काठेखोला गाउँपालिमा तेजबहादुर थापा (तिलक) उपाध्यक्षको उम्मेदवार हुनुहुछ ।
जिल्लामा पाँचै दलले संयुक्त चुनावी अभियान सुरु गरेको राजमो नेता कुँवरले बताउनुभयो ।