ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धनः केसी

जापान । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

जापान नेपाली एकता समाजको आयोजनामा भएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष केसीले देशको वर्तमान परिस्थितीबारे स्पष्ट पार्नुभयो ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन गरेर प्रतिगमनको बाटो रोजेको हुनाले अहिलेको चुनावमा राजमोले ५ दलसँग गठबन्धन गर्नुपरेको हो’ उहाँले भन्नुभयो ।

उहाँले अहिलेको परिस्थितीमा गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि सबैसँग अनुरोध गर्नु पर्ने अवस्था रहेको पनि बताउनु भयो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष यामलाल सापकोटा, समाजका उपाध्यक्ष गोपाल सापकोटा (गोविन्द), समाजका सल्लाहकार नन्दु शर्मा, निवर्तमान उपाध्यक्ष भिम केसी, संस्थापक उपाध्यक्ष यमलाल सापकोटा, उपाध्यक्ष डण्ड केसी, टोकियो क्षेत्रीय अध्यक्ष नारायण कँडेल, ओसाका क्षेत्रीय सचिव गोपाकृष्ण सापकोटा, ह्योगो क्षेत्रीय अध्यक्ष भुवन सापकोटा (भेषराज) र रक्तिम अभियान जापानका सह सचिव नविन बस्यालले मई दिवसको शुकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा समाजका महासचिव तेजेन्द्र क्षेत्रीले एकता समाजको उदेश्य र भूमिकाको बारेमा स्पष्ट पार्नुभएको थियो भने समाजका केन्द्रीय सदस्य वाशु शर्माले मे दिवस र इतिहासको बारेमा स्पष्ट पार्नुभएको थियो ।

समाजका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार हेमलाल गौतमले समसामयिक विषयमा प्रकाश पार्नुभएको थियो ।

एकता समाजका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य शालिकराम सापकोटाको अध्यता, सचिव प्रदिप विकको स्वागत मन्तव्य र सचिव धनराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार