मूल प्रवाह आगराले शुरु गर्यो जनसम्पर्क अभियान

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, आगराका नगर समितिले जनसम्पर्क अभियान सञ्चालन गरेको छ । नगर अध्यक्ष मिठु केसीको नेतृत्वमा सो अभियान सञ्चालन गरिएको हो ।

अभियानका दौरानमा आगगरा र त्यस अन्तर्गतका क्षेत्रमा रहेका श्रमजिवी नेपालीहरुलाई परेका समस्याका बारेमा जानकारी लिने, सम्भवतः समाधानको लागि पहल गर्ने, सदस्यता/नवीनीकरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको हामीलाई राजकमल दत्तले जानकारी दिनुभएको छ ।

हालसम्म लंगडे की चौकी, इंडष्ट्रीयल एरिया, ढाबा सिकन्द्रावाद क्षेत्रमा रहेका श्रमजिवी नेपालीहरु बीच भेटघाट एवं सदस्यता वितरण सम्पन्न पारिएको छ । त्यस्तै मथुरा, वृन्दावन, कुबेरपुर, टूंडला, हाथी घाट, फ्रीगंज, बेलन गंज, धुलिया गंज, गधा पाडा, रावत पाडा, पुरानी मंडी, हिंग की मंडी, राजामंडी, पुलिस लाइन, शाहगंज, मधु नगर, सेवला, लोहामंडी, सिर की मंडी, बेलन गंज, पल्लीपार, जमुना किनारा, दयालबाग, बोदला सेक्टर, आवास विकास, गणेश नगर, सुल्तानगंज की पुलिया, उखर्रा, कक्रेटा, के के नगर, खन्दारी आदि क्षेत्रहरुमा रहनु हुने अधिकांश श्रमजिवी नेपालीहरुलाई पनि भेटघाट गरिएको छ ।

यसै दौरानमा वि.सं. २०७९ को भित्ते पात्रो पनि वितरण गरिएको छ । नयाँ सदस्यता लिने सदस्यहरुलाई मूल प्रवाहको महत्व, आवश्यकता, सिद्धान्त, विधानको बारेमा नगर अध्यक्ष र अन्य जिम्मेवार कार्यकर्ताहरुले स्पष्ट पार्दै अगाडि बढ्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार