सुनको मूल्य प्रतितोला एक हजारले घट्यो

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ। तोलामा १ हजार रुपैयाँले घटेसँगै तेजाबी सुनको मूल्य ९७ हजार २०० कायम गरिएको नेपाल सुन चाँदी महासंघले जनाएको छ। अघिल्लो दिन मंगलबार  प्रतितोला ९८ हजार २०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम गरिएको छ।अघिल्लो दिन प्रतितोला  ९७ हजार ७०० कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ।  चाँदी प्रतितोला एक हजार २९० कायम रहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार