राष्ट्रपतिद्वारा मिटरब्याज समस्या समाधान गर्ने अध्यादेश जारी

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पाैडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गर्नुभएकाे छ । आज बुधवार राष्ट्रपति पाैडेलले याे अध्यादेश जारी गर्नुभएकाे हाे ।

मङ्गलवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएकाे थियाे । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गर्नुभएकाे हाे । सरकारले मिटरब्याज अनुचित लेनदेन भन्दै मिटरब्याजीलाई कारबाही गर्ने गरी अध्यादेश ल्याएको हो ।

यो अध्यादेश जारी भएसँगै अब मिटरब्याजीलाई कारबाही गर्ने बाटो खुल्ने भएकाे छ । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही हुनुपर्ने र आफूहरूलाई न्याय मिल्नुपर्ने भन्दै आन्दोलन गरेपछि सरकारले कारबाही गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार