छोरीलाई मृगौला दिन बुवा तयार, पारिजातद्धारा २० हजार सहयोग

जितपुर, ७ पौष । कृषि पेशा गर्ने सामान्य परिवारमा जन्मेका झविलालको परिवारमा ठूलो बज्रपात आइपर्यो, जतिबेला २१ वर्षिय कलकलाउँदो उमेरमा विवाहित छोरी रुपा सिंजालीका दुवै मृगौलाले काम गर्न छाडेको भन्ने सुन्नुभयो । सिंजाली त्यो दिन झलझली सम्झिन्छन् एक छोरा एक छोरीको बुवा छोरी प्रति पनि आफ्नो उत्तिकै दायित्व भएकाले झनै भक्कानिए । आखिर मनलाई बलियो बनाई जसरी पनि छोरीको उपचार गर्ने र आफ्नै मृगौला दिने सोच बनाए । भगवानले तँ आँट म पुर्याउँछु भने झै सिंजालीले चाहे अनुसार नै छोरीलाई मृगौला दिन मिल्ने डाक्टरको रिपोर्ट आयो । सिंजाली भन्नुहुन्छ छोरा छोरीमा विवेद मैले कहिल्यै गरिन कलिलो उमेरमै कसैलाई पनि त्यस्तो रोग नलागोस् । सिंजाली अहिले छोरीको उपचारका लागि आर्थिक सहयोग जुटाउनमै व्यस्त हुनुहुन्छ । छोटो कुराकानीमा सिंजालीले भन्नुभयो मृगौला प्रत्यारोपण गरी छोरीलाई जीवनदान दिनु मेरो दायित्व र कतव्र्य दुवै भएकोले सबैलाई सहयोगको लागि आग्रह गरेको बताउनुभयो ।

यसैबीच, बाणगंगा नगरपालिका २ कप्टैयाकी रुपा सिंजालीका दुवै मृगौला बिग्रिएकोले प्रत्यारोपणका लागि सहयोग गर्न अपिल गरेकी छिन् । सिंर्जालीले आर्थिक समस्याले आफ्नो प्रत्यारोपण गर्न नसक्ने हुँदा कपिलवस्तु जिल्लाका संघ, संस्था, क्लब, सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, पत्रकार समाजसेवी सबैमा सहयोगको लागि अपिल गर्नु भएको छ । सिंजालीले आफू बाँचेर राष्टका लागि केही गर्ने सोच भएकोले पनि सबैमा मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न विशेष अपिल गर्नुभयो ।

सिंजालीको अपिलसँगै पारिजात इंगलिस बोर्डिक स्कुलले सिंजालीलाई आर्थिक सहयोग गरेको छ । बोर्डिंग स्कुलका प्राचार्य कृष्ण के.सी.ले विद्यार्थी र शिक्षकहरुबाट सहयोग संकलन गरी  २० हजार १ सय ४० रुपैयाँ सहयोग गरेको बताउनुभयो । मृगौला प्रत्यारोपणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सिंजालीलाई आर्थिक सहयोग गरिएको के.सीले बताउनुभयो  । सहयोग रकम सिंजालीका बुवा झविलाल सिंजालीलाई हस्तान्तरण गरिएको हो । आर्थिक अभावमा मृगौलाको उपचार गर्न समस्या भएपछि  सिंजाली परिवारको आग्रहमा सहयोग गरिएको विद्यालयले जनाएको छ । सिंजाली परिवारका अनुशार मृगौला प्रत्यारोपणका लागि करिब १५ लाख  रुपैयाँ आवश्यक पर्छ । बिगत १० महिनादेखि सिंजाली मृगौलाको उपचार गराउँदै आएकी छन् । सिंजालीलाई सहयोग गर्न ग्लोबल आई.एम.ई.को मृगौला रोगीका बुवा झविलाल सिंजालीको खाता नं. ०७५१०४०४८५४९०१ मा रकम जम्मा गरिदिन सकिने सिंजाली परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार