रामेछाप दोहा सम्पर्क समाजद्धारा कलाकार सम्मान

उद्धव मगर, दोहा कतार । दोहा कतारको नज्मा स्थीत रामेछाप दोहा सम्पर्क समाजद्धारा आयोजीत भेटघाट तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र कार्यक्रम महासचीव नरबहादुर तामाङ्गको सञ्चालन रहेको थियो भने प्रमुख अतिथी संस्थाका सल्लाहकार रामहरी खत्रीको आतिथ्य र अतिथीहरु संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगर, द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, तमु गुरुङ्ग समाज अध्यक्ष काजी गुरुङ्ग, किरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष राजेन्द्र साम्हाम्फे, किरात राई यायोख्खा कतार शाखाका अध्यक्ष विमल राई, कलाकार कला राई, महेश मुखिया सुनुवार, तिर्सना नेम्बाङ्ग, उपस्थित रहेको कार्यक्रमलाई संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगरले मन्तव्यबाट स्वागत राखेका थिए ।

कार्यक्रममा आमन्त्रित अतिथीहरुले आफुहरुलाई राष्ट्रको कलाकारलाई सम्मान कार्यक्रममा सहभागी हुने मौका दिनु भएकोमा यस समाजलाई धन्यवाद दिंदै आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा अझै संघर्षका साथ अगाडी बढने् हौशलाका साथ कलाकारलाई शुभकामना दिएका थिए ।

कलाकार कला राईले अन्य देशमा भन्दा यो देश कतारमा कलाकारलाई हेर्ने दृष्ट्रिकोण फरक पाएको वताउदै भन्नु भयो अन्य देशमा जादा कलाकार एउटै समूहमा उपस्थित भएता पनि सम्मान चाही भेगीए, क्षेत्रीय, जातीय, रुपमा गरीन्थ्यो त्यस्तो व्यवहारमा आफुलाई अलिक मन दुख्ने गरथ्यो तर आज यस रामेछाप दोहा सम्पर्क समाज कतारले सम्पूर्ण कलाकारलाई सम्मान रुपमा सम्मान गरेकोमा आफु धेरै हर्षित भएको वताउँनु भएको छ ।

अन्त्यमा यस सभाका सभाध्यक्ष ललित कुमारले पनि कलाकारहरुलाई शुभयात्रा का साथ शुभकामना दिदै कार्यक्रम भव्यशव्य रुपमा सफल भएको घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार