एमालेद्धारा चुनावको मुख्खमा होमपाइप र गाउँ गाउँमा पैसा बाढ्दै मतदातालाई किन्ने कोशिस

ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड २ ढाकावाङ र ३ धारापानीमा पिपलनेटामा नेकपा एमाले उम्मेदवारले पठाएको अबैध होमपाइप प्रहरीले बरामद गरिएको छ ।
रातिको समयमा बिना श्रोत ल्याइएको होपपाइप स्थानियहरुले सोधपुछ र बरामद गरि ढाकावाङ  प्रहरीमा बुझाएका हुन् ।
पिपलनेटामा ३ वटा र चौतारामा ३ वटा अनलोड गरिएको होपपाइप सहित पाइप ल्याएको सवारी सहित ३ जनालाइ  स्थानियहरुले प्रहरी चौकीमा बुझाएका हुन ।
एमालेका तर्फबाट नगर प्रमुखका उमेदवार रेशम थापाले उक्त होमपाइप  पठाएको पक्राउ परेकाहरुले बयान दिएका छन् । यस्तै भूमिकास्थान नगरपालिकामा एमालेले गाउँ – गाउँमा पैसा बाढ्दै पार्टी प्रवेश गराउदै आएको विपक्षीले आरोप लगाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार